धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले अपराध नियन्त्रण र अवैध कारोबार विरुद्धको निगरानीलाई तीव्र बनाएको छ। जेठ २० गतेदेखि २१ गते बिहानसम्मको २४ घण्टाभित्र गरिएको विशेष अपरेसनका क्रममा प्रहरीले विभिन्न स्थानबाट साढे २ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरेको छ। सडक अनुशासन उल्लंघन गर्ने सवारीसाधनमाथिको कडा कारबाहीबाट ९३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ भने लामो समयदेखि कानुनको आँखा छली हिँडेका चार जना फरार प्रतिवादीहरूलाई पनि पक्राउ गरिएको छ।
यसैगरी लागूऔषध विरुद्धको अभियान अन्तर्गत २ ग्राम १०० मिलिग्राम खैरो हेरोइनसहित अन्य चार जनालाई समेत नियन्त्रणमा लिइएको छ। प्रदेशमा शान्ति सुरक्षा चुस्त राख्न र राजस्व चुहावट रोक्न यस्ता आकस्मिक चेकिङ र कारबाहीलाई अझै निरन्तरता दिइने प्रहरीले जनाएको छ।



