महेन्द्रनगर । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
जिल्लाको लालझाडी गाउँपालिका–१ डाँडा बिचुवाबाट अवैध लागूऔषध खैरो हेरोइन ४१० मिलिग्रामसहित सोही ठाउँ बस्ने १९ वर्षीय कृष्ण रानालाई शनिबार वेलिकी प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।



