दार्चुलामा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक प्रक्राउ

प्रकाशित मिति:

दार्चुला। दार्चुलाको महाकाली नगरपालिकामा प्रहरीले ठूलो रकमसहित सात जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। महाकाली नगरपालिका–४ मोहतीस्थित गोर्खा होटलमा जुवातास खेलिरहेको अवस्थामा शनिबार राति उनीहरू पक्राउ परेका हुन्।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले होटलमा छापा मारेको थियो। पक्राउ पर्नेहरूमा महाकाली नगरपालिका–५ का ४१ वर्षीय होटल सञ्चालक जय सिंह ठगुन्नासहित सात जना रहेका छन्।

प्रहरीका अनुसार जुवाको खालबाट नगद रु. १ लाख ६२ हजार ७५० र दुई गड्डी तास बरामद गरिएको छ। पक्राउ परेका सबै जनालाई हिरासतमा राखी कानुन बमोजिम थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

ताजा समाचार