कैलाली । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको प्रमुख सचेतकमा सरस्वती खड्का नियुक्त भएकी छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता कमल बहादुर शाहले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्।
खड्का हाल सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्रीका रूपमा कार्यरत छिन्। यसअघि प्रमुख सचेतकको जिम्मेवारी सम्हाल्दै आएका विक्रमसिंह धामीले आफ्नो पदबाट राजीनामा दिएपछि खाली भएको स्थानमा खड्कालाई यो नयाँ जिम्मेवारी दिइएको हो।



