कंचनपुर । जिल्ला क्रिकेट संघ कंचनपुरको अध्यक्षमा बिरेन्द्र बहादुर चन्द र्निविरोध चयन भएका छन । बुधबार महेन्द्रनगरमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले चन्दको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो ।
अध्यक्षमा चन्दको यो तेस्रो कार्यकाल हो । उपाध्यक्षमा लक्ष्मणदत्त भटट सचिवमा बिशाल सोनार त्यसै गरी कोषाध्क्षयमा भुवनप्रसाद पन्त चयन भएका छन । सस्दयमा गणेश आग्री, नरेन्द्रराज भटट, ज्ञानेश्वर प्रसाद जोशी, बिनोद क्षेत्री, निरज चन्द, बृजकिशोर चन्द, माया रावत साउँद, सुरेश भटट, दिपक चन्द, धिरेन्द्र चन्द र कमलेश कुमार कपाडी रहेका छन ।
सातौँ जिल्ला अधिवेशन तथा आठौं साधारण सभाको प्रमुख अतिथि नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द रहेका थिए । समारोहमा संघका कार्यवाहक सचिव विशाल सोनारले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघका पूर्व अध्यक्ष दीपकराज चालिसेले स्वागत मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा जिल्ला क्रिकेट संघ कञ्चनपुरका प्रथम अध्यक्ष हरिश थापा, राष्ट्रिय अम्पायर गणेश आग्री, खेलाडी विनोद भण्डारी, माया रावत साउद र पत्रकार महादेव अवस्थीलाई सम्मान गरिएको थियो।



