काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै आन्दोलनरत पीडितहरूको समस्या बुझ्न माइतीघर मण्डला पुग्नुभएको छ। विभिन्न मुद्दाहरू बोकेर विगत केही समयदेखि माइतीघरमा धर्ना दिइरहेका नागरिकहरूको गुनासो प्रत्यक्ष रूपमा सुन्न गृहमन्त्री गुरुङ त्यहाँ पुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ। धर्नास्थलमा उपस्थित आन्दोलनकारीहरूसँग प्रत्यक्ष कुराकानी गर्दै गृहमन्त्री गुरुङले उनीहरूका मागहरूलाई गम्भीरतापूर्वक सुन्नुभएको थियो। पीडितका समस्या र पीडा सुनेपछि मन्त्री गुरुङले उनीहरूका जायज मागहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै समस्या समाधानका लागि सरकारले आवश्यक कदम चाल्ने आश्वासन दिनुभएको छ।



