विद्युतीय कारोबार ऐन अन्तर्गत पत्रकार दीपेन्द्र भट्ट पक्राउ

प्रकाशित मिति:

कैलाली । कैलाली प्रहरीले सामाजिक सञ्जालमार्फत विभिन्न अनियमितता तथा सार्वजनिक सरोकारका विषयहरू उठाउँदै आएका धनगढीका पत्रकार दीपेन्द्र भट्टलाई आइतबार नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भट्टविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा उजुरी दर्ता भएपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। प्रहरीले उजुरीको विस्तृत विवरण र लागेको आरोपबारे थप खुलाएको छैन। पक्राउ परेका भट्टमाथि थप अनुसन्धान गर्न अदालतबाट म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार