बेलायतमा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध 

प्रकाशित मिति:

काठमाडौं । बेलायतका प्रधानमन्त्री स्टार्मरले १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेका छन् । उनले यो घोषणा गर्दै बच्चाहरूको सुरक्षा र खुसीका लागि कुनै पनि सम्झौता नहुने प्रष्ट पारेका छन् । यो घोषणा आगामी २०२७ सालको शुरुआतबाट लागु हुने प्रधानमन्त्रीले बताएका छन् ।

आगामी क्रिसमसको अगाडि नै यो निर्णय पारित हुने उनको भनाइ छ । स्न्यापच्याट, फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युबजस्ता सबै सञ्जालबाट बालबालिलाई टाढा राखिने बेलायत सरकारले जनाएको छ । यसअघि अष्ट्रेलियाले यो निर्णय कार्यान्वयनमा ल्याइसकेको छ । 

ताजा समाचार