रास्वपा सुदूरपश्चिमको सभापतिमा प्रकाश विष्ट विजयी

प्रकाशित मिति:

धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको सभापतिमा प्रकाश विष्ट विजयी भएका छन्। पार्टीको प्रथम प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनमा विष्ट ३५८ मत प्राप्त गर्दै सभापति पदमा निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जनकसिंह धामीले १५४ मत प्राप्त गरे। निर्वाचन परिणाम अनुसार विष्टले धामीलाई २०४ मतको फराकिलो अन्तरले पराजित गर्दै नेतृत्व आफ्नो पक्षमा पारेका हुन्।

यसअघि पनि सुदूरपश्चिम प्रदेशको नेतृत्व सम्हालिसकेका विष्ट पुनः सभापतिमा चुनिएका हुन्। उनको दोस्रो कार्यकालमा पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताबीचको एकता मजबुत पार्ने तथा प्रदेशभर पार्टीको संगठन विस्तारलाई प्राथमिकतामा राखेर काम अघि बढाउने अपेक्षा गरिएको छ।

रास्वपाको प्रदेश नेतृत्व चयनका लागि भएको यो निर्वाचनलाई पार्टीभित्र निकै चासोका साथ हेरिएको थियो। नयाँ नेतृत्व चयन भएसँगै अब सुदूरपश्चिममा पार्टीको आगामी रणनीति र संगठन विस्तारका कार्यक्रमहरूले थप गति लिने विश्वास गरिएको छ।

ताजा समाचार