काठमाडौं । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ। न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको मागबमोजिम उक्त सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएको हो।
जिल्ला अदालतका इजलास अधिकृत संझना पौडेलका अनुसार, लामिछानेले आफ्नो मागसहित दिएको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले सो कसुर फिर्ता लिन अनुमति दिने निर्णय गरेको हो। यो आदेशसँगै लामिछानेविरुद्ध सोही प्रकरणमा जोडिएका अन्य कानुनी प्रक्रियामा केही सहजता हुने अनुमान गरिएको छ।



