रास्वपा महाधिवेशन: शीर्ष नेताले मात्र मन्तव्य राख्न पाउने

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। रास्वपाले उद्घाटन सत्रलाई व्यवस्थित बनाउन आमन्त्रित दलका ‘शीर्ष नेता’ (अध्यक्ष, उपाध्यक्ष र महामन्त्री) लाई मात्र मञ्चबाट शुभकामना मन्तव्य राख्न दिने नीति लिएको छ।

यो मापदण्डअनुसार महाधिवेशनमा सहभागी हुने नेपाली कांग्रेसका सभापति गगन थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्नेछन्। एमालेका प्रतिनिधि प्रदीप ज्ञवाली र नेकपाका वर्षमान पुनलाई भने अतिथिका रूपमा स्वागत र सम्मान मात्र गरिनेछ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ भने महाधिवेशनमा सहभागी हुने छैनन्।

उद्घाटन समारोहमा रास्वपाका तर्फबाट पनि प्रधानमन्त्री एवं वरिष्ठ नेता वालेन्द्र शाह र सभापति रवि लामिछानेले मात्र विशेष सम्बोधन गर्ने कार्यक्रम छ। समय व्यवस्थापनका लागि यसपटक वैदेशिक प्रतिनिधिलाई समेत नबोलाइएको रास्वपाले जनाएको छ।

ताजा समाचार