काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका सिलसिलामा उनलाई नियन्त्रणमा लिइएको हो। पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव सङ्कलन अन्तर्गत प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन पौडेल सुर्खेत पुगेका बेला यो कारबाही भएको हो। उनी पक्राउ परेलगतै ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले छापा मारेको छ। विभागले उनको घरमा खानतलासी गरी अनुसन्धानका लागि आवश्यक कागजातहरू नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।



