सहमहान्त्रीमा रमेश प्रसाईँको उम्मेदवारी घोषणा, भने– ‘पार्टीमा कुनै गुट छैन’

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता रमेश प्रसाईँले पार्टीको सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। चितवनमा जारी पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनमा उनले सो पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन्।

उम्मेदवारी घोषणा गर्दै प्रसाईँले आफ्नो व्यक्तिगत आकाङ्क्षाभन्दा पनि महाधिवेशन प्रतिनिधि र सार्वभौम सदस्यहरूको निर्णयलाई सर्वोपरि मान्ने बताए। “मेरो आकाङ्क्षा सहमहामन्त्रीको हो, तर मेरो आकाङ्क्षा प्रधान होइन,” उनले भने, “सार्वभौम सदस्यहरूले मलाई योग्य ठहर्‍याए र प्रतिनिधि साथीहरूको विश्वास कमाउन सकेँ भने म निर्वाचित हुनेछु। नतिजा जे आए पनि म त्यसलाई आशीर्वाद मानेर स्वीकार गर्छु।”

पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो रहेको दाबी गर्दै सांसदसमेत रहेका प्रसाईँले रास्वपाभित्र कुनै पनि किसिमको गुटबन्दी नरहेको स्पष्ट पारे। रास्वपाको नयाँ नेतृत्व चयनका लागि चितवनमा महाधिवेशनको चुनावी प्रक्रिया अघि बढिरहेको छ।

ताजा समाचार