सुनसरीमा कार र मोटरसाइकल ठोक्किँदा प्रहरी वरिष्ठ सई यादवको मृत्यु

प्रकाशित मिति:

काठमाडौैं । सुनसरीको बर्जू गाउँपालिका–६ नरह चोकमा मंगलबार विद्युतीय कार र मोटरसाइकल एकआपसमा ठोक्किँदा नेपाल प्रहरीका वरिष्ठ सई लालुकुमार यादवको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ। दुर्घटनामा उनकी पत्नी रामपरी यादव समेत घाइते भएकी छन्। उनको अवस्था भने सामान्य रहेको छ।

हालै सिरहामा सरुवा भएका वरिष्ठ सई यादव नयाँ दरबन्दीमा हाजिर हुन जाने क्रममा उक्त दुर्घटनामा परेका हुन्। दुर्घटनामा संलग्न कारका चालक डा. राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

ताजा समाचार