प्रतिनिधि सभा बैठक स्थगित भएकोमा हर्क साम्पाङको आपत्ति: देश ठूलो कि पार्टी ?

प्रकाशित मिति:

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिएकै कारण ‘विशेष कारण’ देखाउँदै संसद बैठक दुई पटकसम्म स्थगित गरिएपछि श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले तीव्र असन्तुष्टि जनाएका छन्। पार्टीको आन्तरिक चुनावका कारण देशको सर्वोच्च विधायिकी निकायको कामकारबाही रोकिनु गलत भएको भन्दै उनले “सदन स्थगित भएपछि देश ठूलो हुन्छ कि पार्टी?” भनेर प्रश्न गरेका छन्।

रास्वपाको अधिवेशनमा पदाधिकारी चयनको टुङ्गो नलाग्दा हिजो र आजका बैठकहरू सारिएको भन्दै उनले यसको कडा विरोध गरेका हुन्। बैठक अनिश्चित बनेपछि साम्पाङले सभामुख डिपी अर्याललाई व्यङ्ग्य गर्दै आफू दार्चुला जान लागेकाले अब एकैचोटि १९ गते मात्रै बैठक राख्न समेत सुझाएका छन्। रास्वपाको आन्तरिक राजनीतिको छायाँ संसदमा परेको भन्दै उनले आफ्नो मौलिक शैलीमा असन्तुष्टि पोखेका हुन्।

ताजा समाचार