महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा प्रस्तुत

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन, २०८३ पेस गरिएको छ। आइतबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बैठकको कार्यसूची अनुसार प्रतिवेदन पेस गर्न अनुमति दिएपछि प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त प्रतिवेदन सदनसमक्ष प्रस्तुत गरेकी हुन्। मन्त्री गौतमले नेपालको संविधानको धारा २९४ बमोजिम महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन सदनमा पेस गरेकी हुन्।

ताजा समाचार