काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय धान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै खेतमा रोपिएको प्रत्येक धानको बिरुवासँग किसानको सपना, परिवारको भान्सा र राष्ट्रको समुन्नति जोडिएको बताएका छन्। उनले खेतमा पसिना बगाएर देशको खाद्य सुरक्षा सुनिश्चित गर्ने अन्नदाता किसानप्रति धन्यवाद समेत प्रकट गरेका छन्।
असार १५ केवल धान रोपाइँको दिन मात्र नभएर नेपाली किसानको श्रम, सङ्घर्ष, आशा र आत्मनिर्भरताको उत्सव भएको थापाले उल्लेख गरेका छन्। देशको मुख्य खाद्यान्न बाली धान भएकाले यसको उत्पादकत्व वृद्धि गर्नु कृषि कर्म मात्र नभएर नागरिकको जीवन रक्षाको सुनिश्चितता र संविधानको मर्मको पालना पनि भएको उनको भनाइ छ।



