नेपाल प्रहरीका पूर्वडिआइजी अर्जुन चन्दको निधन

प्रकाशित मिति:

धनगढी । नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको निधन भएको छ। बैतडीको दशरथचन्द नगरपालिका–१० पुर्ख्यौली घर भई हाल ललितपुर महानगरपालिका–१८ नख्खु सिर्जनामार्ग बस्दै आएका चन्दको आज बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीका अनुसार चन्द गत असार ५ गते एक्कासि लडेर घाइते भएका थिए। तत्काल अस्पताल पुर्‍याएर उपचार गरेपछि सोही दिन उनलाई डिस्चार्ज गरिएको भए पनि असार १० गते पुनः स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो।

अस्पतालको आईसीयूमा उपचाररत रहेका चन्दको आज बिहान ६:५५ बजे निधन भएको प्रहरीले जनाएको छ। चन्दले २०८१ मंसिरमा नेपाल प्रहरीबाट अनिवार्य अवकाश पाएका थिए। उनको निधनप्रति नेपाल प्रहरी संगठनसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

ताजा समाचार