कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावलका अनुसार भण्डारीलाई बिहीबार बिहान करिब ७ बजे भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले पक्राउ गरेको हो।

गाली बेइज्जती मुद्दामा अदालतले भण्डारीलाई एक महिना सात दिन कैद र १२ हजार १०० रुपैयाँ जरिवाना तोकेको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेश गर्ने तयारी भइरहेको छ।

ताजा समाचार