८ वर्षपछि निर्मला पन्त हत्याकाण्ड अनुसन्धानका लागि फेरि नयाँ समिति

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या भएको ८ वर्ष पूरा हुँदै गर्दा प्रहरी प्रधान कार्यालयले अनुसन्धानका लागि फेरि अर्को उच्चस्तरको समिति गठन गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–उल्टाखामकी निर्मलाको २०७५ साउन १० गते हत्या भएको थियो।

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले अपराध अनुसन्धान विभागका एसएसपी कृष्ण पंगेनीको नेतृत्वमा नयाँ समिति गठन गरेका हुन्। यसअघि बनेका समितिहरूले कुनै नतिजा दिन सकेका थिएनन्। हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म १२३ जनाभन्दा बढी शङ्कितहरूको डीएनए परीक्षण गरिसके पनि कसैको म्याच हुन सकेको छैन।

प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले अनुसन्धानलाई निरन्तरता दिन यो समिति गठन गरिएको र टोलीले काम सुरु गरिसकेको बताएका छन्। डीएसपी हरि खतिवडा र सीआईबीका इन्स्पेक्टरसहितका अधिकारीहरू सम्मिलित यो नयाँ टोली अहिले कञ्चनपुरमै खटिएर अनुसन्धान गरिरहेको छ।

ताजा समाचार