दोधाराचाँदनीमा देशभरकै बढी वर्षा, बाढीको जोखिम

प्रकाशित मिति:

 कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा देशभरमै सबैभन्दा धेरै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दोधाराचाँदनीमा ११७.६ मिलिमिटर वर्षा मापन गरिएको हो। दोधाराचाँदनीपछि कपिलवस्तुको वाणगङ्गा नगरपालिकामा ११७.४ मिलिमिटर वर्षा रेकर्ड भएको विभागले जनाएको छ।

यसैबीच कैलाली र कञ्चनपुरका अन्य विभिन्न स्थानमा पनि लगातार वर्षा भइरहेको छ। दोधाराचाँदनी क्षेत्रमा अत्यधिक वर्षा भएकाले बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्क रहन सम्बन्धित निकायले स्थानीय बासिन्दालाई आग्रह गरेको छ।

ताजा समाचार