टीकापुर नगरपालिकाको सवा एक अर्बको बजेट: उद्योगलाई १० वर्ष कर छुट

प्रकाशित मिति:

टीकापुर । टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि रु. १ अर्ब ३ करोड ६७ लाख ७७ हजारको बजेट सार्वजनिक गरेको छ। नगरसभाका ज्येष्ठ सदस्य जयराम थारुको अध्यक्षतामा भएको १९औँ नगरसभामा आर्थिक विकास समितिका संयोजक यज्ञप्रसाद न्यौपानेले उक्त बजेट प्रस्तुत गर्नुभएको हो।

नगरपालिकाले सङ्घीय सरकारबाट रु. ६५ करोड ५६ लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट रु. १४ करोड ६६ लाख अनुदान प्राप्त हुने तथा आन्तरिक स्रोतबाट रु. २४ करोड ४७ लाख आम्दानी हुने अनुमान गरेको छ। तत्कालीन नगरप्रमुख रामलाल डगौरा थारुले राजीनामा दिई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको र उपप्रमुख खडकबहादुर शाह निलम्बनमा रहेका कारण ज्येष्ठ सदस्य थारुको अध्यक्षतामा सभा सञ्चालन गरिएको थियो। सभामा वडाध्यक्षहरू मोहन विक, दीपक चौधरी र लालविर चौधरीले क्रमशः नीति तथा कार्यक्रम, आर्थिक गतिविधि र विविध प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

नगरपालिकाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी स्थापना हुने उत्पादनमूलक उद्योगहरूलाई १० वर्षसम्म स्थानीय राजस्व शुल्कमा पूर्ण छुट दिने विशेष नीति अघि सारेको छ। यसैगरी, सरकारी स्वामित्वका घरजग्गा, अस्पताल, गुठी, गैरनाफामूलक शिक्षण संस्था, धार्मिक क्षेत्र, खानेपानी तथा मसानघाट जस्ता सार्वजनिक स्थलका घरजग्गामा सम्पत्ति कर नलगाउने घोषणा गरिएको छ।

ताजा समाचार