त्रिवि सेवा आयोगका अध्यक्ष थापा र सदस्य मास्केले लिए शपथ

प्रकाशित मिति:

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षामन्त्री पोखरेलले अध्यक्ष थापालाई शपथ गराउनुभएको हो।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् थापालाई सेवा आयोगको अध्यक्षमा नियुक्त गर्नुभएको थियो। सोही कार्यक्रममा शिक्षामन्त्री पोखरेलको उपस्थितिमा सेवा आयोगका नवनियुक्त सदस्य प्रा.डा. रेजिना मास्केलाई अध्यक्ष थापाले पद तथा गोपनीयताको शपथ गराउनुभयो।

शपथ ग्रहणपछि अध्यक्ष थापाले त्रिवि सेवा आयोगको जिम्मेवारी निर्भीकता, निष्पक्षता र इमानदारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले त्रिविमा कार्यरत प्राध्यापक तथा कर्मचारीको वृत्ति विकास, पेसागत दक्षता अभिवृद्धि र विश्वविद्यालयको संस्थागत सुधारका लागि क्रियाशील रहने बताउनुभयो।

ताजा समाचार