काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाइएको छ। प्रधानमन्त्री बालेन शाहले आज बेलुकी ५ बजे बस्ने गरी बैठक बोलाएका हुन्।
प्रमुख विपक्षी दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा विभिन्न संवैधानिक निकायमा रिक्त रहेका पदहरूमा नियुक्ति सिफारिस गर्नेबारे छलफल हुने एजेन्डा रहेको जानकारी दिइएको छ।



