२० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी टीकापुरबाट पक्राउ

प्रकाशित मिति:

धनगढी । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ।

कैलाली जिल्ला अदालतको २०५६ चैत १३ गतेको फैसलाअनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई २० वर्ष कैद सजाय पाएका कैलालीको टीकापुर नगरपालिका–१ बनगाउँका अन्दाजी ४५ वर्षीय धनबहादुर घर्ती मगर पक्राउ परेका हुन्।

घर्ती मगर २०६१ माघ २७ गते कैलाली कारागारबाट फरार भएका थिए। लामो समयदेखि फरार रहँदै आएका उनलाई प्रहरीले आफ्नै घर ठेगानाबाट नियन्त्रणमा लिएको हो। पक्राउ परेका घर्ती मगरलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार