बझाङ । बझाङको छविसपाथीभेरा–जालेबगर क्षेत्रमा खसेको पहिरोका कारण जयपृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार अविरल वर्षासँगै आएको पहिरोले सडक अवरुद्ध हुँदा यातायात सेवा पूर्ण रूपमा ठप्प भएको हो।
वर्षायाममा सडकहरू जोखिमपूर्ण हुने भएकाले यात्रा सुरु गर्नुअघि सम्बन्धित सडकको अवस्थाबारे जानकारी लिन र आवश्यक परे वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।




