सरकारलाई जनताको ‘लाइफ’ भन्दा फेसबुकको ‘लाइक’ प्यारो छ: गगन थापा

प्रकाशित मिति:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको सय दिनको मूल्याङ्कन गर्दै वर्तमान सरकारलाई जनताको जीवन (लाइफ) भन्दा आफ्नो पक्षमा आउने ‘लाइक’ को बढी चिन्ता रहेको टिप्पणी गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले सरकार कामभन्दा बढी भर्चुअल तालीमा रमाइरहेको आरोप लगाए।

उनले जनताको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पर्ने काम गर्नुको साटो सामाजिक सञ्जालमा कति लाइक आउँछ भन्ने कुरालाई सरकारले प्राथमिकतामा राखेको दाबी गरे। सरकार केही निश्चित व्यक्तिहरूलाई पक्राउ गर्ने कुरामा मात्रै रमाइरहेको उनको भनाइ थियो।

सभापति थापाले अहिले देशमा व्यापक भय र त्रासको वातावरण सिर्जना गरिएको भन्दै आम नागरिक बोल्न समेत डराउनुपर्ने अवस्था आएको बताए। यस्तो डरकै कारण अहिले निजी क्षेत्र पूर्ण रूपमा त्रासमा रहेको र कसैले पनि नयाँ लगानी गर्ने आँट गर्न नसकेको उनले उल्लेख गरे।

ताजा समाचार