धनगढीमा भारतीय गाडीको ठक्करबाट बैतडीका चन्दको मृत्यु

प्रकाशित मिति:

कैलाली । कैलालीको धनगढीमा भारतीय नम्बर प्लेटको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आइतबार राति धनगढी उपमहानगरपालिका–३ स्थित बोराडाँडी चोकमा यूपी ६५ ईएक्स ०१०० नम्बरको भारतीय गाडीले से ४ प ९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार बैतडीको सिगास गाउँपालिका–४ का ४८ वर्षीय पदम चन्द गम्भीर घाइते भएका थिए।

उनलाई उपचारका लागि स्थानीय माया मेट्रो अस्पताल पुर्‍याइएकोमा उपचारकै क्रममा राति करिब पौने ११ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ।

मोटरसाइकल चालक गौतम ऐर भने दुर्घटनामा सकुशल रहेका छन्। ठक्कर दिने गाडी र चालक भारतको उत्तर प्रदेश वाराणसी बस्ने ४२ वर्षीय अश्वनी कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

ताजा समाचार