संसदमा उठेका प्रश्न र विपद् पूर्वतयारीबारे जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

प्रकाशित मिति:

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका जनसरोकारका गम्भीर तथा महत्त्वपूर्ण विषयमा सरकारको जवाफ आवश्यक रहेको भन्दै सो सम्बन्धी जानकारी सदनमा प्रस्तुत गर्न निर्देशन दिएका हुन्।

सभामुख घिमिरेले मनसुनजन्य जोखिमको समय नजिकिँदै जाँदा हुनसक्ने सम्भावित प्राकृतिक विपद् व्यवस्थापनको पूर्वतयारीबारे समेत सदनलाई जानकारी गराउन सरकारसँग आग्रह गरे। देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानका कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न तथा विपद् व्यवस्थापनका सन्दर्भमा भएका तयारी र भावी योजनाबारे संसदलाई अवगत गराउनुपर्नेमा उनले जोड दिए। सांसदहरूले विभिन्न समयमा सदनमार्फत उठाउँदै आएका समसामयिक विषयप्रति सरकार जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने सभामुखको भनाइ थियो।

ताजा समाचार