काठमाडौं । सरकारले सरकारी कर्मचारीको आचरणलाई थप अनुशासित र मर्यादित बनाउन नयाँ आचारसंहिता लागू गरेको छ ।
नयाँ व्यवस्था अनुसार अब कार्यालय वा सार्वजनिक स्थलमा सरकारी कर्मचारीले मदिरा सेवन, धूम्रपान, जुवातास खेल्ने तथा अन्य अमर्यादित गतिविधि गर्न वा गराउन पाउने छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६ (झ) मा यस्तो व्यवस्था गरिएको हो ।
कर्मचारीको अनुशासन, मर्यादा र सार्वजनिक विश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कदम चालिएको सरकारले जनाएको छ ।



