अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

प्रकाशित मिति:

काठमाडौं । अभिनेत्री दीपाश्री निरौलाको ब्रेन ट्युमर (मस्तिष्कको ट्युमर) को सफल शल्यक्रिया गरिएको छ । उनी हाल काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् ।

पारिवारिक स्रोतका अनुसार गत मङ्गलबार उनको शल्यक्रिया गरिएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जनाएको छ ।

करिब डेढ हप्ता अगाडि ढाड दुखाइको समस्या भएपछि उनी अस्पताल पुगेकी थिइन् । चिकित्सकहरूले उनको स्वास्थ्यको विस्तृत परीक्षण गर्ने क्रममा ब्रेन ट्युमर पत्ता लागेको पारिवारिक स्रोतले उल्लेख गरेको छ ।

ताजा समाचार