अमेरिकी र सिंगापुर डलरको भाउ बढ्यो, युरो र पाउन्डसहित धेरैजसो विदेशी मुद्रा सस्तिए

प्रकाशित मिति:

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले आज (१६ असोज) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर र सिंगापुर डलरको मूल्य बढेको छ भने युरो, पाउन्ड, अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ घटेको छ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा कायम भएको छ। अघिल्लो दिन अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा रहेको थियो। यस्तै, सिंगापुर डलर एकको खरिददर बढेर १२० रुपैयाँ ०१ पैसा र बिक्रीदर १२० रुपैयाँ ४८ पैसा पुगेको छ।

उता युरोपियन युरो र युके पाउन्ड स्टर्लिङ भने सस्तिएका छन्। आज युरो एकको खरिददर १७३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ९९ पैसा तोकिएको छ, जुन अघिल्लो दिनको तुलनामा घटेको हो। त्यस्तै, पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०३ रुपैयाँ ७४ पैसा कायम भएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०३ पैसा तथा क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३० पैसा कायम हुँदै दुवैको भाउ घटेको छ। स्वीस फ्र्यांक एकको खरिददर १८४ रुपैयाँ ४८ पैसा बिक्रीदर तय गरिएको छ।

खाडी तथा अन्य मुद्राहरूको दर:

खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ९६ पैसा र बिक्रीदर ४१ रुपैयाँ १२ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपैयाँ २० पैसा र बिक्रीदर ४२ रुपैयाँ ३६ पैसा तथा युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०४ पैसा कायम भएको छ।

कुवेती दिनार एकको खरिददर ४९९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ४१ पैसा, बहराइन दिनारको बिक्रीदर ४०९ रुपैयाँ ५६ पैसा तथा ओमानी रियालको बिक्रीदर ४०१ रुपैयाँ ०७ पैसा छ।

यस्तै, मलेसियन रिङ्गेट एकको बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, चिनियाँ युआन एकको बिक्रीदर २३ रुपैयाँ ०३ पैसा, जापानी येन १० को बिक्रीदर ९ रुपैयाँ ७५ पैसा तथा साउथ कोरियन वन १०० को बिक्रीदर ११ रुपैयाँ ३० पैसा निर्धारण गरिएको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।

वाणिज्य बैंकहरूले तोक्ने दर भने केही फरक पर्न सक्ने राष्ट्र बैंकले जनाएको छ।

ताजा समाचार