सञ्चारगृह र गगन थापाको घर अगाडि गाडी राखेर तर्साउनेलाई कारबाही गर्न नेकपाको माग

प्रकाशित मिति:

काठमाडौं । देशका प्रमुख सञ्चारगृहको गेट र नेपाली कांग्रेसका सभापति गगन थापाको घर अगाडि शंकास्पद रूपमा गाडीहरू तेर्स्याएर त्रास फैलाएको घटनाप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गम्भीर आपत्ति जनाएको छ।

नेकपाका प्रवक्ता प्रकाश ज्वालाले एक विज्ञप्ति निकाल्दै यो घटना संविधानले दिएको प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको बताएका छन्। यता, प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसद रमेशकुमार मल्लले सो घटनामा संलग्नहरूलाई कारबाही गर्न र ती गाडीहरू जफत गर्न माग गरे। सरकारकै संरक्षणमा रहेका मानिसहरूबाट यस्तो गतिविधि भएको दाबी गर्दै मल्लले सामान्य जरिवाना मात्र गरेर उनीहरूलाई छोड्न नहुने बताए।

नेकपाले यो घटनाको चाँडो र निष्पक्ष छानबिन गरी दोषीलाई कडा सजाय दिन र सञ्चारगृहहरूलाई सुरक्षा प्रदान गर्न सरकारसँग माग गरेको छ।

ताजा समाचार