सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा एमालेका मन्त्रीहरू बर्खास्त

प्रकाशित मिति:

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट सरकारमा सहभागी सबै चार जना मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् । मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा माग्दै एक घण्टाभित्र बजेट पारित गर्न सहयोग गर्ने वा सरकार छोड्ने निर्णय लिन अल्टिमेटम दिएका थिए । सरकारमै बसेर सरकारकै बजेटको विरोध गर्नु उपयुक्त नभएको भन्दै मुख्यमन्त्रीले बजेट पारित गर्न सघाउने, सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विकल्प दिएका थिए । सो अवधिभित्र ठोस निर्णय नआएपछि उनले एमालेका मन्त्रीहरूलाई बर्खास्त गर्ने निर्णय लिएका हुन् ।

ताजा समाचार