समाजलाई झूट पत्याउने बानी परिसक्यो: अध्यक्ष ओली

प्रकाशित मिति:

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा झूट पत्याउने बानी परिसकेको टिप्पणी गरेका छन्। पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमाथि झूटो प्रचार गरेर सबैभन्दा धेरै प्रहार भइरहेको बताए।

उनले अहिलेको समयमा एउटा नयाँ परिस्थिति सिर्जना भएको उल्लेख गर्दै कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो र सुल्टोलाई उल्टो बनाउने भ्रमपूर्ण शैली बढेको धारणा राखे।

यस्तो शैलीलाई विगतमा ‘गोएबल्स शैली’ भनिने गरेको स्मरण गर्दै उनले अहिले त्योभन्दा पनि अघि बढेर ‘महागोएबल्स शैली’ हाबी भएको दाबी गरे। समाजको वर्तमान अवस्थाप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले लगभग समग्र समाज नै झूटमा रमाउन थालेको हो कि भन्ने आशङ्का समेत व्यक्त गरे।

ताजा समाचार