तीन दल मिलेर सरकार बनाउने प्रस्ताव जनादेशविपरीत: कांग्रेस सभापति गगन थापा

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन दल मिलेर सरकार बनाउने प्रस्ताव लोकतान्त्रिक मूल्य, मान्यता र जनादेशविपरीत भएको बताएका छन्।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो गठबन्धनले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने भएकाले कांग्रेसले यो प्रस्ताव स्वीकार नगर्ने स्पष्ट पारे। विगतमा सत्ताकै लागि कांग्रेसबाट पनि केही राजनीतिक गल्ती भएको स्वीकार गर्दै उनले अब पार्टीले सिद्धान्तमा कुनै सम्झौता नगर्ने दाबी गरे।
सभापति थापाले दलहरूमा बढ्दो सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै चुनावअघि एउटा र चुनावपछि अर्को दलसँग गठबन्धन गर्ने परिपाटीले लोकतान्त्रिक प्रणालीप्रतिको जनविश्वास कमजोर बनाएको उल्लेख गरे। सत्ताकेन्द्रित राजनीतिले पुराना दलहरूलाई ठूलो क्षति पुर्‍याएको भन्दै उनले अब कांग्रेस नागरिकको जनादेश र आफ्ना आधारभूत सिद्धान्तप्रति इमानदार भएर अघि बढ्ने स्पष्ट पारेका छन्।

ताजा समाचार