भारतको पश्चिम बङ्गालमा भीषण आगलागी: ९ जनाको मृत्यु, ६ घाइते

प्रकाशित मिति:

काठमाडौैं । भारतको कोलकातास्थित मिर्जा गालिब स्ट्रिटमा रहेको एक होटलमा बुधबार बिहान २ बजेतिर भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्।

सबैजसो मानिस सुतिरहेको समयमा अचानक आगो सल्केको थियो। ज्यान गुमाउने ९ जना नै उपचारका लागि कोलकाता पुगेका बंगलादेशी नागरिक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनालगत्तै उद्धारमा खटिएको प्रहरी र दमकल टोलीले बाक्लो धुवाँका कारण माथिल्ला तलामा पुग्न निकै सास्ती व्यहोर्नु परेको बताएको छ। कठिन प्रयासपछि आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको छ। आगलागीको यकिन कारण खुल्न बाँकी रहेकाले फरेन्सिक टोलीको सहयोगमा अनुसन्धान अघि बढाइएको छ।

यसअघि सोमबार मात्रै पश्चिम बंगालकै बीरभूम जिल्लास्थित एक चारतले होटलमा आगलागी हुँदा ७ जनाको ज्यान गएको थियो।

ताजा समाचार