सुकुम्बासी र सहकारीका समस्या सुन्न मन्त्री रावल भोलि सुदूरपश्चिम आउँदै

प्रकाशित मिति:

सुदूरपश्चिम । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल भोलि सुदूरपश्चिम आउने भएकी छन्। कञ्चनपुर र कैलाली लगायतका जिल्लाका सर्वसाधारणको गुनासो सुन्नका लागि आफू सुदूरपश्चिम आउन लागेको उनले जानकारी दिएकी छन्।

भ्रमणका क्रममा मन्त्रालयअन्तर्गतका जनगुनासो सुन्ने, सहकारी क्षेत्रका समस्या, भूमिहीन तथा सुकुम्वासीका मुद्दा र सम्बन्धित सरोकारवालाहरूसँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम रहेको छ। मन्त्री रावल केही दिन सुदूरपश्चिमका विभिन्न जिल्लामा रहेर स्थानीयका समस्या प्रत्यक्ष रूपमा सुन्ने बताइएको छ।

ताजा समाचार