जयपृथ्वीबहादुर सिंहको प्रतिमा तोडफोड: दोषीमाथि कारबाही गर्न बझाङी समाजको माग

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय विभूति एवं विश्व मानवतावादका अध्यक्ष राजा जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको पूर्वसन्ध्यामा धनगढीस्थित जेपी चोकमा नवनिर्मित उनको प्रतिमा अज्ञात समूहद्वारा तोडफोड गरिएको छ।

धनगढी–७ हुलाकी सडक खण्डमा पर्ने जेपी चोकमा आजै अनावरण गर्ने तालिका रहेको उक्त प्रतिमालाई भदौ ६ गते राति उच्छृङ्खल व्यक्तिहरूले क्षति पुर्‍याएका हुन्। मानवता, समानता र विश्वबन्धुत्वको सन्देश फैलाउने ऐतिहासिक व्यक्तित्वको सम्मानमा निर्मित शालिक तोडफोड हुनु निन्दनीय रहेको भन्दै सर्वत्र विरोध भएको छ।

बझाङी समाज धनगढीको अगुवाइमा स्थापना गरिएको उक्त प्रतिमाको सुरक्षा र सम्मानमा आघात पुगेको भन्दै समाजले घटनाको घोर भर्त्सना गरेको छ। साथै, समाजले सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमाथि आक्रमण गर्ने दोषीहरूलाई तत्काल पहिचान गरी कडा कारबाही गर्न प्रशासनसँग जोडदार माग गरेको छ।

ताजा समाचार