गरिमा चौधरी प्रकरण: मिडिया ट्रायल नगर्न मन्त्री गौतमको आग्रह

प्रकाशित मिति:

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कार र हत्या घटनालाई लिएर मिडिया ट्रायल नगर्न आग्रह गरेकी छन्। पीडित परिवारसँग सरकारले तीन बुँदे सम्झौता गरेपश्चात् सामाजिक सञ्जालमा धारणा राख्दै उनले यस्तो बताएकी हुन्।

अपराध अनुसन्धान पूरा नहुँदै अपुष्ट विवरण फैलाउँदा न्याय कमजोर हुने र प्रमाण बिग्रेमा पीडितले दीर्घकालीन क्षति भोग्नुपर्ने मन्त्री गौतमले उल्लेख गरेकी छन्। घटनापछिको जनआक्रोश स्वाभाविक भए पनि यसलाई राजनीतिकरण नगर्न उनले अपिल गरेकी छन्।

साथै, आफ्नो पुरानो भिडियोको अंश काटेर भ्रामक रूपमा फैलाइएको भन्दै उनले खण्डन गरेकी छन्। सडकमा उठेको मृत्युदण्डको मागबारे स्पष्ट पार्दै उनले संविधानको धारा १६(२) ले मृत्युदण्ड सम्बन्धी कानून बनाउन निषेध गरेको र अन्तर्राष्ट्रिय प्रतिबद्धताका कारण सरकार संविधानभन्दा बाहिर जान नसक्ने स्पष्ट पारिन्।

ताजा समाचार