५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा तेह्रथुममा ४४ वर्षीय लिम्बु पक्राउ

प्रकाशित मिति:

तेह्रथुम । तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा ४४ वर्षीय एक पुरुष पक्राउ परेका छन्।

महिलामाथि जबरजस्ती करणी गरेको उजुरीका आधारमा ४४ वर्षीय लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पीडित महिलाका तर्फबाट परेको किटानी जाहेरीका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको र पक्राउ परेका लिम्बुमाथि जबरजस्ती करणी कसुरअन्तर्गत कानूनी कारबाही प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

ताजा समाचार