रसुवा । रसुवामा आएको बाढीका कारण प्रभावित क्षेत्रबाट १२ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। बाढीबाट प्रभावित विभिन्न स्थानबाट नेपाली सेनाले उनीहरूको उद्धार गरेको हो।
नेपाली सेनाका अनुसार स्याफ्रुबेँसीबाट ६ जना, मैलुङबाट २ जना र धुन्चेबाट ४ जना गरी कुल १२ जनाको हवाई उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र बनाउन नेपाली सेनाका चार वटा र निजी कम्पनीका आठ वटा गरी कुल १२ वटा हेलिकप्टर परिचालन गरिएको छ।
यसैबीच, उद्धार गरिएका र प्रभावित नागरिकका लागि नेपाली सेनाको मेडिकल टोलीले त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा सुरु गरेको सेनाले जनाएको छ।





