कञ्चनपुरको बेदकोटमा २५ वर्षीय युवक आफ्नै घरमा मृत फेला

प्रकाशित मिति:

महेन्द्रनगर। कञ्चनपुरको बेदकोट नगरपालिका–६ घुर्सुवामा एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा स्थानीय २५ वर्षीय रमेश डगौरा रहेका छन्। उनी मङ्गलबार आफ्नै घरमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। शव परीक्षणका लागि पठाइएको छ भने युवकको मृत्युको वास्तविक कारण खुल्न नसकेकाले घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार