एनपिएल लिग चरण समाप्त : लुम्बिनीसहित चार टोली प्लेअफमा

प्रकाशित मिति:
spot_img

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ। लिग चरण सकिएसँगै चार टोली प्लेअफमा पुग्दा चार टोली बाहिरिएका छन्। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स दस अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा रहँदै लगातार तेस्रो संस्करण प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ।

यस्तै, एघार अङ्क जोडेको साबिक विजेता लुम्बिनी लायन्स शीर्ष स्थानमा रहँदै प्लेअफमा पुग्दा आठ अङ्कसहित काठमाण्डु गोर्खाज तेस्रो र सात अङ्क जोडेको चितवन राइनोज चौथो स्थानमा रहेर अघिल्लो चरणमा प्रवेश गरेका छन्।

यता, समान ६ अङ्क जोडेका विराटनगर किङ्स र कर्णाली याक्स क्रमशः पाँचौँ र छैटौँ तथा समान चार अङ्क जोडेका पोखरा एभेन्जर्स सातौँ र जनकपुर बोल्ट्स आठौँ स्थानमा रहँदै प्रतियोगिताबाट बाहिरिएका छन्।

spot_img

ताजा समाचार