काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्र परीक्षाका लागि अनलाइन आवेदन खुलाएको छ। आयोगले मङ्गलबार एक सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट मङ्सिर सात गतेदेखि अनलाइन दरखास्त आह्वान गरेको हो।
उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणाली मार्फत पुस सात गते राति बाह्र बजेसम्म एकल दस्तुरमा र दोब्बर दस्तुर तिरेर पुस चौध गते राति बाह्र बजेसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिँदा नागरिकताको प्रमाणपत्र, हालसालै खिचेको फोटो, दस्तखतको नमुना, न्यूनतम योग्यताको लब्धाङ्कपत्र र तालिमको प्रमाणपत्र अपलोड गर्नुपर्नेछ। परीक्षासम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ।






