धुलिखेलमा मैत्री पार्क निर्माण गर्न काठमाडौँ महानगर र धुलिखेल नगरपालिकाबिच सम्झौता

प्रकाशित मिति:
spot_img

काठमाडौं । धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले मैत्री पार्क निर्माण गर्न काठमाडौँ महानगरपालिका र धुलिखेल नगरपालिकाबिच द्विपक्षीय सम्झौता भएको छ । धुलिखेल नगरपालिका–७ स्थित पार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउनेसम्बन्धी सम्झौतापत्रमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गमले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार उक्त पार्कलाई पारिवारिक मनोरञ्जन तथा विश्रामका लागि आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गरिनेछ । कुल सात करोड रुपियाँ लागत अनुमान गरिएको उक्त आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सम्झौताअनुरूप चालु आर्थिक वर्षमा एक करोड रुपियाँ खर्च गरिने जनाइएको छ ।

पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउनुका साथै स्थानीय आर्थिक गतिविधिलाई चलायमान बनाउन महत्त्वपूर्ण टेवा पुग्ने विश्वास धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख जङ्गमले व्यक्त गरे । उनले यस सहकार्यले दुई पालिकाबिचको संस्थागत सम्बन्ध र नागरिकबिचको मैत्रीपूर्ण आत्मीयता थप प्रगाढ बनाउने बताए ।

spot_img

ताजा समाचार