सुदूरपश्चिम विश्वविद्यालयले साउनमा वैकल्पीक माध्यमबाट परिक्षा गर्ने, अवस्था सामान्य भए भौतिक रुपमै हुने

दोधारमा विद्यार्थी, परिक्षा चाँडो सञ्चालन गर्न माग

महेन्द्रनगर २१ जेठ ।

सुदूरपश्चिम विश्वविद्यालयले कोरोना संक्रमणका कारण रोकिएका परिक्षा वैकल्पीक माध्यमबाट गर्ने निणर्य गरेको छ । कोरोना संक्रमणका कारण लकडाउन भएपछि पुर्व निर्धारित परिक्षा स्थकित भएका थिए ।


शुक्रबार विश्वविद्यालयले सुचना जारि गदैँ स्नातक तह दोस्रो, चौथो र छैठौँ सेमेष्टरका परिक्षाहरु श्रावण ५ गतेबाट सञ्चालन गर्ने जनाएको छ । त्यस्तै स्नातक दोस्रो, चौथो र छठौँ सस्त्रका विद्यार्थीलाई अघिल्लो सेमेष्टरका कक्षाहरु जेठ २५ बाट सञ्चालन गर्ने निर्णय भएको सामान्य प्रशासन महाशाखा प्रमुख गोविन्दबल्लभ पन्तद्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ । यद्यपी अवस्था सामान्य भएमा तथा नेपाल सरकारले निणर्य गरेमा कक्षा र निर्धारित परिक्षा भौतिक रुपमै सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
सुदूरपश्चिम विद्यालय परिक्षा नियन्त्रक देवसिंह नाथले कोरोना संक्रमणका कारण रोकिएका परिक्षाहरु वैकल्पीक माध्यमबाट श्रावण ५ सुरु गर्ने निणर्य गरिएको बताए । उनका अनुसार कोरोना संक्रमण यथावत रहेको र निशेधाज्ञा जारी रहेकोले वैकल्पीक माध्यमबाट पठनपाठन र परिक्षा गरिन लागिएको हो ।

त्यस्तै वैकल्पीक परिक्षाका लागि परिक्षा नियन्त्रण कार्यालयले जेठ भित्रमा कार्य विधि तयारी पार्ने, असार २० सम्म परिक्षा सञ्चालनका लागि आवश्यक तयारी गरि सक्ने जनाएको छ । परिक्षा नियन्त्रक नाथले अनलाईन प्रविधिबाट परिक्षा तयारी भईसकेपछि विद्यार्थीको मक टेष्ट समेत गराईने बताए । उनले यस अघि सञ्चालन गरिएको अनलाईन परिक्षा निर्माण गरिको साईट प्रयोग गर्न नमिल्ने बताए । अहिले विश्वविद्यालयले माईक्रोसफ्ट सफ्टवयर खरिद गरेकाले सोहीमार्फम परिक्षा पनि सञ्चालन गरिने उनको भनाई छ ।
साथै यस वर्ष वैकल्पीक परिक्षाको कार्यविधि भने व्यापक हेरफेर हुनेछ । परिक्षालाई लेखित तथा मौखिक र विद्यार्थीलाई विश्लेषणत्मक उत्तर दिनुपर्ने खालको प्रश्नपत्र तयार पारिनेछ ।


दोधारमा विद्यार्थी, परिक्षा चाँडो सञ्चालन गर्न माग


विश्वविद्यालयले रोकिएका सेमेष्टरका परिक्षा नगरि अघिल्ला समेष्टरको परिक्षा गर्ने निणर्य भएकोमा विद्यार्थीले आपक्ति जनाएका छन् । उनिहरुले एउटा सस्त्रको परिक्षा नभई नयाँ कक्षा सुरु गर्दा विद्यार्थीलाई दोहोर भार पर्ने भन्दैँ आपक्ति जनाएको हुन् ।
उनिहरुले सामाजिक सञ्जालमा वैकल्पीक परिक्षाबारे विश्वविद्यालयले ढिलो निर्णय गरेको र त्यसमा पनि विद्यार्थीलाई दोहोरो पाठनपाठनले अध्ययन प्रभावकारी नहुने प्रतिक्रिया दिएका छन् ।


साथै विश्वविद्यालयले वैकल्पीक माध्यमबाट परिक्षा हुने तथा अवस्था सामान्य भएमा भौतिक रुपमै सञ्चालन हुने दोधारे सुचनाले थप अन्यौता सिर्जना भएको बताएका छन् । साथै विश्वविद्यालय चाँडो भन्दा चाँडो व्यवस्थीत र मर्यादित तवरबाट परिक्षा सञ्चालनका लागि विद्यार्थीले आग्रह समेत गरेका छन् ।

ताजा समाचार