लकडाउन अवधि शुल्क मिनाहा र डाटा उपलब्ध गराउन अखिल क्रान्तिकारीको माग

महेन्द्रनर २५ जेठ ।
सुदुरपश्चिमाञ्चल विश्वविद्यालयस्थित नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले लकडाउन अवधिको शुल्क मिनाहा गर्न माग गरेको छ । मंगलबार विज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारीले विद्यार्थीको शुल्क मिनाहा गर्न तथा अनलाईन कक्षाका लागि डाटा उपलब्ध गराउन विश्वविद्यालयलाई माग गरेको हो ।
अखिल क्रान्तिकारीका अध्यक्ष गणेश राज मिश्रले कोरोना संक्रमणपछि गरिएको लकडाउन आर्थिक अवस्था नाजुक बनेकाले विश्वविद्यालयमा पढ्न विद्यार्थीलाई शुल्क मिनाहा गर्न माग गरिएको बताए । ‘विश्वविद्यालयमा न्युन आर्थिक अवस्था भएको विद्यार्थी पढ्छन्, लकडाउनले आर्थिक रुपमा सबैलाई समस्यामा परेको छ ।’ उनले भने ‘विद्यार्थीको समस्यालाई मध्यनजर गदैँ शुल्क मिनाहाका लागि हाम्रा्रे संगठनले माग गरेको छ ।’
साथै संगठनले अनलाईन कक्षाका लागि विद्यार्थीलाई निशुल्क ईन्टरनेट(डाटा) उपलब्ध गराउन पनि संगठनले माग गरेको छ ।

ताजा समाचार