कञ्चनपुरमा चरेशसहित २ युवक र एक किशोरी पक्राउ

कञ्चनपुरः कञ्चनपुर प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
शुक्रबार राति जिल्लाको भीमदत्त नगरपालिका–८ मटेनाबाट भीमदत्त–८ तिलाचौर बस्ने २७ वर्षीय टेक बोहरा, ऐठपुरकी १८ वर्षीया पवीत्रा क्षेत्री र बेदकोट नगरपालिका–२ का २१ वर्षीय ओमप्रकाश भट्ट पक्राउ परेका हुन्।

उनीहरुको साथबाट ६ दशमलव २ ग्राम चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

ताजा समाचार