दोधरा चाँदनीको बजेट ६२ करोड, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

महेन्द्रनगर ९ असार । कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाले सातौँ नगर सभा सम्पन्न गरेको छ । बुधबार नगरपालिकाले आफ्नो सातौँ नगर सभा सम्पन्न गरेको हो । नगर सभाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
नगरपालिकाले आगमी आर्थिक वर्षका लागि ६२ करोड १५ लाख १३ हजार बजेट ल्याएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले बताए । उनका अनुसार नगरपालिकाले अगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको छ ।
दोधरा चाँदनी नगरपालिकाका सुचना अधिकारी डम्बरध्वज अवस्थीले अगामी आर्थिक वर्ष २०७८७९ का लागि चालुतर्फ २४ करोड ३४ लाख ६५ हजार र पुजीगततर्फ ३७ करोड ८० लाख ४८ हजार बजेट विनियोजन गरिएको बताए । उनका अनुसार नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई २ करोड ३० लाख बजेट विनियोजन गरिएको छ । वडाबाट पनि स्वास्थ्य क्षेत्रमा बजेट विनियोजन भएकोले यस क्षेत्रको बजेट अझै थप हुने उनको भनाई छ ।


त्यस्तै नगरपालिकाले शिक्षा क्षेत्रमा १ करोड ४० लाख बजेट विनियोजन गरेको छ । भने कृषी र पशुपालनमा ६१ लख बजेट विनियोजन गरेको छ । अगामी आर्थिक वर्षमा नयाँ योजना भन्दा पनि यसअघि सञ्चालनमा रहेका योजनालाई नगरपालिकाले निरन्तरता दिएको छ । ३ करोड १४ लाख २२ हजार आन्तरिक आय श्रोत रहेको दोधराचाँदनीले अन्य बजेट प्रदेश र संघिय सरकारबाट प्राप्त गर्नेछ ।

स्वास्थ्य संस्थामा जन्मीने छोरीको बैंक खाता खोलेर ३ हजार जम्मा गरिने

दोधरा चाँदनी नगरपालिकाले छोरी जम्माउने दम्पत्तीलाई पोत्साहन गर्ने भएको छ । नगरपालिकाले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संस्था संस्थामा जन्मीएकी छोरीको नगरपालिकाले बैक खाता खोली ३ हजार जम्मा गरि दिने नीति अघि सारेको छ ।
नगर उप प्रमुख चिनी गिरीले छोरी जन्माउने दम्पतीलाई प्रोत्साहन स्वरुप उक्त कार्यक्रम ल्याईएको बताईन । त्यस्तै भानु माविमा उच्च शिक्षा पढ्ने तथा प्राविधिक शिक्षा पढ्ने छात्रालाई पनि छात्रवृत्ति दिन बजेट विनियोजन गरिएको उपप्रमुख गिरीले बताईन् ।
त्यस्तै हिंसा पिडीत महिलाका र दशनामी तथा सन्यासी सामुदायका लागि पनि सामुदायिक भवन बनाउन बजेट विनियोजन गरेको उनको भनाई छ । साथै नगर अतिथि गृह र भ्यु टावरका लागि पनि बजेट विनियोजन भएको छ ।

ताजा समाचार